News Category 2074/11/04

प्रदेश २ मा तीन सदस्यीय मन्त्रीमण्डल गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, ३ फागुन । 
प्रदेश नं. २ को मुख्यमन्त्रीमा नियुक्त भएका मो. लालबाबु राउतले बिहीबार सपथ लिएका छन् । उनले आफुनै मातृभाष भोजपुरीमा सपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाए ।
प्रमुख कायस्थले नेपाली भाषामा सपथग्रहण गराउँदा मुख्यमन्त्री राउत आफ्नो मातृभाषा भोजपुरी सपथ ग्रहण गरेका थिए ।
यसैबीच मुख्यमन्त्रीसंगै विहीवार नै प्रदेश नं २ मा दुई सदस्यीय मन्त्री मण्डल गठन समेत गरिएको छ ।
प्रदेश २ मा मुख्यमन्त्री सहित अर्थ तथा वाणिज्य र भौतिक तथा पुर्वाधारमन्त्रीमा नियुक्त गरिएको छ ।
अर्थमन्त्रीमा राजपाबाट जितेन्द्र सोनल र भौतिकमन्त्रीमा फोरमबाट विजय यादव मन्त्रीपदमा नियुक्त हुँदै मुख्यमन्त्रीको साथै सपथ समेत लिएका छन् ।
यता अर्थमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिए भने भौतिकमन्त्री विजय यादवले मैथिलीमा सथप लिएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट