News Category 2074/11/04

प्रदेश २ को पहिलो बैठकबाट सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, ३ फागुन ।
प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
सपथ लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवारमा आमाबाबु छोराछोरी र श्रीमती पर्नेछ र रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ ।
यता आन्दोलनका क्रममा घाइते भएकाको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने बैठकले निर्णय गरेको छ ।
बन्द अवस्थामा रहेका सरकारी अर्ध सरकारी उद्योगहरु पुनःसंचालनका लागि पहल गर्ने निर्णय पनि लिएको जनाइएको छ ।
बैठकले प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा बैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय पनि भएको आर्थिक मामिला तथा योजनामन्त्री बिजय यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट