News Category 2074/11/05

लागुऔषध करोबारीमा तीन पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरी प्रहरीले लागू औषध कारोबारमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । 
पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २८ वर्षिय सोनु राय, उदयपुरको कटारी नगरपालिका ४ बस्ने ३२ वर्षिय हरी कृष्ण सुनवार र राजविराज नगरपालिका ८ बस्ने २५ वर्षिय सुरज यादव छन । 
उनीहरुलाई शुक्रबार विहान इलाका प्रहरी कार्यालय सखडाबाट प्रहरी नायव निरिक्षक भुवन कार्कीको नेतृत्वमा खटेको टोलीले चेक जाँचको क्रममा पक्राउ गरेको हो । 
भारतबाट मोटरसाइकल चढेर नेपाल तर्फ आउदै गरेको उनीहरुलाई मौवा भन्ने स्थानमा चेकजाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाइएको छ । उनीहरुको साथबाट स्पास्मा, पाइभेन, लुपीजेसिक, निट्रोभेट, फेनारगन, एम्पुल, लगायतका ६०० भन्दा बढी टयावलेट, सूइ र लागु औषध साम्रगीहरु फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट