News Category 2074/11/06

प्रदेश २ को आज मन्त्रिमण्डल बिस्तार हुदै, कृषि मन्त्रीमा शैलेन्द्र साह !

दैनिक समाचारदाता

जनकपुर÷प्रदेश नम्बर २ को मन्त्रीमण्डल आईतवार बिस्तार हुने भएको छ । 
फोरम प्रदेश समितिको शुक्रवार बसेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । 
श्रोेतका अनुसार कृषि मन्त्रीमा शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्र यादवलाई पठाउने बैठकले निर्णय गरेको छ ।
त्यस्तै राज्यमन्त्रीहरुमा योगेन्द्र यादव, कौशल यादवको नाम रहेको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री लालबाबु राउत, महासचिव रामसहाय यादव, प्रदेश महासचिव शम्भु झा, सचिव शेषनारायण यादव लगायतको सहभागिता थियो । 
यसअघि बिहिवार गठन भएको मन्त्रीमण्डलमा आइतबार संघिय समाजवादी फोरम नेपालका दुई जना र ३ जना राज्यमन्त्री थपिने छ । 
हाल मुख्यमन्त्री मो.राउत र फोरमको तर्फबाट आर्थिक मामिला मन्त्री विजय यादव र राजपाको तर्फबाट भौतिक निर्माण मन्त्री जितेन्द्र सोनल छन् ।  
यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा मन्त्री चयन, संसदीय दलको नेता चयन लगायतका विषयमा गम्भिर विवाद उत्पन्न भएको छ ।
राजपाले सरकारमा संसदीय दलका नेता जितेन्द्र सोनललाई पठाएको छ । हाल उनी राजपाको भागमा परेका सबै मन्त्रालयहरुको जिम्मेवारी सम्हालेका छन् । तर पार्टीमा असन्तुष्टि बढेको कारण थप मन्त्रीहरुको चयनमा केहि समय लाग्ने सम्भावना छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट