News Category 2074/11/07

जेलर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, ६ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन अघि राजविराजस्थित एक चिया पसलबाट रु ४० हजार घुससहित पक्राउ गरिएको थियो । 
जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट