News Category 2074/11/09

प्रदेश २ मा कृषि क्षेत्रमा पर्याप्त सम्भावना छ ः प्रदेशसभा सदस्य यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ फागुन । 
प्रदेश २ का प्रदेशसभा सदस्य विदेश्वर यादवले प्रदेश नं. २ मा कृषि क्षेत्रलाई अगाडी बढाएमा निकै विकासको सम्भावना रहेको बताएका छन् ।
मंगलबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलन बोल्दै प्रदेशसभा सदस्य यादवले कृषि क्षेत्र प्रदेश २ को विकासका लागि प्रमुख मेरुदण्ड रहेकोले प्रादेशिक सरकारले यसप्रति विशेष ग्राहयता दिने विश्वास समेत व्यक्त गरे । 
“विकास र बेरोजगारी समस्या समेत समाधान हुन्छ, कृषि क्षेत्रलाई सरकारले थोरै पनि ध्यान पु¥याएमा मुलुककै नमूना र सफल प्रदेशको रुपमा प्रदेश २ विकासित हुने जानेछ ।” उनले भने, “यसका लागि कृषिको मेरुदण्ड भनेको सिंचाई हो, सिंचाईको समेत राम्रो व्यवस्था रहेको यस प्रदेशमा सिंचाईलाई व्यवस्थित गर्न सकिए प्रदेश २ लाई कसैको मुख ताक्ने आवश्यकता पर्दैन् ।”
“विक्कि” उपनाम समेतले परिचित प्रदेश सभा सदस्य यादवले आफ्नो पाँच वर्षे कार्यकालमा कृषि, सडक, शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखि कार्य योजना बनाउदै लगेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् ।
सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. ३ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य यादवले आफूलाई निर्वाचनमा महत्वपूर्ण मत दिएर निर्वाचित गराउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उक्त क्षेत्रको विकासमा सधै अग्रसर रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट