News Category 2074/11/11

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १० फागुन ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाको विश्वासको मत पाएका छन् । 
फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत पाउनुका साथै वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् ।
राजपाको समर्थनमा मुख्यमन्त्री बनेका फोरम संसदीय दलका नेता लालबाबु राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । सोही बैठकमा विपक्षमा रहेका दुई दल एमाले र माओवादी केन्द्रले पनि राउतलाई समर्थन गरे ।
एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने घोषणा गरे । यस्तै माओवादी संसदीय दलका नेता भरतकुमार साहले पनि सरकारलाई समर्थन गर्ने घोषणा गरे । त्यस्तै नेपाल संघीय समाजवादी र एक स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।
यता कांग्रेसले भने समर्थन गरेन । संसदीय दलका नेता रामसरोज यादवले जिम्मेवार प्रतिपक्षको भूमिका रहने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट