News Category 2074/11/12

आयुर्वेद औषधी विक्रिका लागि छुट्टै पसल छैन्

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राजविराजले शुक्रबार राजविराजस्थित विभिन्न पसलहरुमा अनुगमन गरेको छ । 
स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा राजविराजस्थित विभिन्न पसलेहरुले आयुर्वेद औषधीलाई व्यवस्थित तरीकाले विक्रि नगरेको पाइएको जनाइएको छ । 
टोलीले आयुर्वेद औषधी विभिन्न किराना पसल, खाद्यान्न पसल तथा अन्य औषधीसँगै बिक्रि गर्न राखेको भेटाएकोले ती पसल संचालकहरुलाई आयुर्वेद औषधी मात्र विक्रि गर्न निर्देशन दिनुका साथै एक हप्ताभित्र पसल संचालन सम्बन्धि सम्पूर्ण कागजातहरु कार्यालयमा पेश गर्न भन्दै पुर्जी काटेको छ । 
स्वास्थ्य केन्द्रका प्रमुख डा. यादवले आयुर्वेद औषधी बिक्रि गर्न एउटा पनि छुट्टै आयुर्वेद औषधी पसल राजविराजमा नरहेको बताउँदै ती औषधीहरु प्राय कस्मेटिक तथा किराना पसलेहरुले विक्रि गर्दै आइरहेकोले यस्ता कार्य बन्द गरी आयुर्वेद पसल संचालनका लागि छुट्टै पसल संचालन गर्नुपर्ने बताए । 
उनले अधिकांश पसलेहरुसँग आयुर्वेद औषधी बिक्रिका लागि अनुमति पत्र नरहेको, औषधीमा लेवल नरहेको, कम्पनीको नाम र निर्माण मिति नरहेको तथा उक्त औषधी बिक्रि गर्न दक्ष व्यक्ति समेत नरहेकाले औषधीको सही उपयोग नहुने गरेको बताए । 
हाल राजविराजमा एक दर्जन बढी आयुर्वेद औषधी बिक्रि गर्ने पसलहरु संचालनमा रहे पनि ती पसलहरुमा दक्ष व्यक्ति र अनुमति पत्र समेत नरहेकोप्रति जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निगरानी बढाउँदै गएको डा. यादवको भनाई छ । 
अनुगमन टोलीमा स्वास्थ्य केन्द्रका वरिष्ठ बैध अमोद कुमार ठाकुर, कविराज निरीक्षक अमरभुवन चौधरी, प्रमोद पाल, मिश्रिलाल अधिकारी, सुरक्षाकर्मी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट