News Category 2074/11/16

तमरा अभियानको जिल्ला संगठन निर्माण समिति गठन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ फागुन । 
तराई मधेश राष्ट्रिय अभियानका नेता आर. डी. आजादको अध्यक्षतामा वसेको बैठकले मंगलवार जिल्ला संगठन निर्माण समिति गठन गरेको छ । 
देव नन्दन साहको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । गठित समितिको सहसंयोजकमा दिगम्बर यादव र कार्यालय सचिवमा दिनेश कुमार साह रहेका छन् । 
तमरा अभियानले मधेश मुक्तिको लागि २२ बुँदे, ८ बुँदे एक मधेश एक प्रदेश, समानुपातिक, समावेशी, राज्य आतंक जस्ता मुद्दाहरुको माँग जस्ताको त्यस्तै रहेकोले आन्दोलनको माध्यमबाट पुरा गर्न जिल्ला संगठन निर्माण समिति गठन भएको विषयमा उपस्थिति वक्ताहरुले धारणा व्यक्त गरेका थिए । 
सम्पन्न बैठकमा सप्तरी र सिरहा मधेशी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट