News Category 2074/11/17

सप्तरीका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १६ फागुन । 
सप्तरीका दुई मधेशवादी दलका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त भएका छन् ।  संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवल किशोर साह प्रदेश २ को मन्त्रीमा बुधबार नियुक्त भएका हुन् । 
फोरमका शैलेन्द्र प्रसाद साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र राजपाका नवलकिशोर साह सामाजिक विकास मन्त्रीमा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । यसैगरि आयोजित सपथ ग्रहण कार्यक्रममा फोरम र राजपाका ४ मन्त्री र ३ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । 
यो सँगै प्रदेश २ को मन्त्रिमण्डल १० सदस्यीय बनेको छ ।  प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । सात प्रदेशमध्ये पहिलोपटक प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन् । संविधानले प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।
फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन् ।
यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो । फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट