News Category 2074/11/27

सात लाख बढीको विभिन्न मदिरा बरामद

दैनिक समाचारदाता

राजविराज÷सप्तरी प्रहरीले जिल्लाको डानेश्वरी नगरपालिका ४ स्थित नेपाल भारतको दश गजा सिमानाबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरेको छ । 
प्रहरीले सुरुङगा नगरपालिका १ बस्ने तेज नारायण सदाले चलाइरहेको स.१.च.८७१ नम्बरको बोलेरो पिकअपबाट १ सय २८ कार्टुन विभिन्न ब्राण्डको मदिरा बरामद गरेको जनाएको छ । 
प्रहरीले गोल्डेन ओके १२ कार्टुन, कस्तुरी ७४ कार्टुन, टाईगर बियर १ कार्टुन, मामाश्री ५० कार्टुन, इम्पोरर १ कार्टुन र स.१ च ८७१ नं.को बोलेरो पिकअपसहित ७ लाख ९१ हजार ९ सय बराबरको मदिरा, गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट