News Category 2074/11/28

राज्जा रानी मैथिली फिल्मको घुम्ती अभियान सप्तरीबाट सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
नेपालमै पहिलो पटक दुई नेपाली र मैथिली भाषामा निर्माण भएको राज्जा रानी फिल्मको घुम्ती अभियान सप्तरीको लोहजराबाट सुरु भएको छ । 
भोर नामक सामाजिक संस्थाका अध्यक्ष राजकुमार महतोले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि घुम्ती सिनेमाको अभियान बारे जानकारी दिएका छन् । 
सप्तरी जिल्लाको तिरहुत गाउँपालिकाको लोहजारा गाउँबाट सुरु गरिएको उक्त अभियान बारे जानकारी दिँदै अध्यक्ष महतोले शुभारम्भ कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्य र सोहीमन्त्रालयका सचिव डा. किरण रुपाखेतीको विषेश आतिथ्यमा उक्त घुम्ती सिनेमाको शुभारम्भ भएको बताए । 
उक्त घुम्ती सिनेमा अभियानमा लोहजाराका झण्डै एक हजार पाँच सय स्थानियहरुले ठुलो पर्दा र गुणस्तरीय साउण्ड सिस्टमसहित घुम्ती पहिलो शोमा आप्mनो सहभागिता जनाएको उनले बताए । 
यस्तै मधेशमा व्याप्त दाइजो प्रथाको कथालाई लिएर बनेको फिल्म ‘राज्जा रानी’ सिनेमा हलको पहुँचबाट टाढा रहेका गाउँहरुमा देखाउने अभियान सुरु गरिएको अध्यक्ष महतोको भनाई छ ।
अभियान अन्तरगत प्रदेश नं. १ र २ अन्र्तगत मोरङदेखि पर्सासम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गरिन लागेको ‘राज्जा रानी’ मैथिली भर्सनका निर्माता समेत रहेका महतोले जानकारी दिए ।
उनले प्रत्येक जिल्लाका ६ देखि ८ स्थानमा ३ देखि ५ वटासम्म शो गर्ने जानकारी दिँदै प्रत्येक दर्शकबाट ५० रुपैयाँ शुल्क उठाउने उद्देश्य रहेको बताए । उक्त शोबाट उठेको रकम सोही जिल्लाहरुको सामाजिक क्षेत्रमा लगानी गर्ने उनको दाबी समेत रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट