News Category 2074/11/29

देशमा श्रम, शीप र साधनको बिकास हुनु जरुरी ः प्रदेश प्रमुख

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अर्थतन्त्रको बिकासको लागि देशमा श्रम, शीप र साधनको बिकास हुन जरुरी रहेको बताएका छन् ।
राजविराजमा सोमबारदेखि सुरु भएको २ नं. प्रादेशिक ब्यापार मेला तथा दोश्रो सप्तरी महोत्सव २०७४ को उद्घाटन गर्दै उनले सो कुरा बताउँदै ब्यापार मेलाले अर्थतन्त्रमा योगदान पुग्ने बताए । 
यस्तो कार्यक्रमले  जनस्तरमा श्रम, शिपको बिकास, रोजगार तथा स्वरोजगारीतर्फ प्रेरित हुने समेत उनले जिकिर गरे ।
तराई मधेसको आदिवासी, जनजाती, दलित, मुस्लिम, सहितको समग्र बिकास हुनको लागि ब्यापार मेला आवश्यक रहेको बताउदै आर्थिक उन्नतीको लागि सरकारी स्तरदेखि जनस्तरसम्म बिकास हुनुपर्ने उनले बिश्वास ब्यक्त गरे । 
यस्तै सोही कार्यक्रममा प्रदेश नं. २ का बिकास मन्त्री नवलकिशोर साहले आप्mनो कर्तब्य प्रति दक्ष भए मात्र आर्थिक बिकास हुने बताए । प्रदेश सरकार उद्योग बिकासमा सक्दो सहयोग गर्ने बताउदै उद्योगको बिकास गरेमा जिल्लाको बिकास हुने उनको धारणा छ । उनले सप्तरीको बिकासका लागि आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
कार्यक्रममा  पूर्व मन्त्री  जितेन्द्र नारायण देवले संघीयता देशमा आएकोले हरेक गाउँ तथा नगरपालिका र गाउँपालिकामा बिकास हुनुपर्ने उल्लेख गरे । देशमा संबिधान र प्रदेश सरकार बनेपछि  पहिचान अधिकार भएकोले हरेक शहर तथा गाउँगाउँमा बिकास हुनुपर्ने उनले उल्लेख गरे । 
त्यस्तै, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सप्तरीको चौतर्फि बिकासका लागि सप्तरी महोत्सवले ठूलो योग्दान पुग्ने बताए । जिल्लामा रहेका कृषि, माछा, आप, लगायतका समाग्री यस मेलामा राखेको हुनाले पनि आर्थिक बिकासमा सहयोग मिल्ने प्रजिअ पाण्डेयको विश्वास छ । 
उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गालगायतका वक्ताहरुले महोत्सवको सफलताको कामना गरे । 
चैत ७ गते सम्म आयोजना हुने ‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ मूल आयोजक सप्तरी उद्योग बाणिज्य संघ राजविराजको आयोजनामा उक्त महोत्सव सुरु भएको हो । उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक, हस्तकलासहित स्थानिय बस्तुको प्रर्वद्धनका लागी महोत्सवमा स्थान दिइने जनाइएको छ ।
कुल १ सय ५० वटा स्टल रहने महोत्सवमा झण्डै ५ करोड बराबरको कारोवार तथा करिव २ लाख भन्दा बढी उपभोक्ता, आगन्तुक र दर्शक भित्रयाउने लक्ष्य लिएको संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले जानकारी दिए । 
कृषि जन्य बस्तु तथा उत्पादन, सूचना जन्य समाग्री, इलेक्ट्रोनिक समान, शहकारी संस्था र लघु उद्योगद्वारा उत्पादित बस्तु, दैनिक उपभोगका बस्तु, ताजा तरकारी, फलफुल, भेटनरी औषधी, खेलकुद, फर्निचर र दुधजन्य परिकार, मिठाई रहनुका साथै नेपालमै प्रसिद्ध मानिएको मिथिला, थारु, नेवारी, मारवारी  खानाको परिकारका स्टलहरु पनि समावेश गरिएको उनले बताए । 
प्रदेश नं. २ का मुख्यमन्त्रीले उद्घाटन गर्ने महोत्सवको सहआयोजकमा जिल्ला समन्वय समिति र जिल्लाका सबै स्थानिय निकाय रहेका छन भने प्रर्वद्धकमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र र नेपाल पर्यटन बोर्ड काठमाण्डौं तथा सहयोगीका रुपमा जिल्लास्थित सबै राजनितिक दल, स्थानिय संघ संस्था तथा जिल्ला प्रशासन कार्यालय रहेको संघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट