News Category 2074/12/04

पुरस्कारको रकम भन्दै ठगी गर्ने पक्राउ

दैनिक समाचारदाता

राजविराज÷पाँचथर जिल्लाको फिदिम बजार बस्ने अनुसा अधिकारीलाई पुरस्कार वापत २५ लाख जितेको भन्दै रकम ठगी गर्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा राजबिराज १२ का महेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले पुरस्कारको रकम वापत तत्काल ३० हजार रकम बुझाउन भनेपछि अनुसाले सो रकम फिदिमस्थित मनि ट्रान्सफरबाट राजविराजस्थित मनि ट्रान्सफरमा पठाएको बताए । 
यसअघि उक्त रकम अनुसाले रोमन प्रजापतीको नाममा काठमाण्डौ पठाएकोमा सो रकम निकाल्न नमिलेको हुदा पुनः राजबिराजमा पठाइएको उपरिक्षक सिंहले जानकारी दिए । 
यता अनुसा आफू ठगिमा परेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दिएपछि सप्तरी प्रहरीले मण्डललाई पक्राउ गरि अनुसन्धान पश्चात् उक्त रकम ठगि गरेको मण्डललाई उद्धृत गर्दै प्रहरी उपरिक्षक सिंहले बताए । 
पक्राउ परेका मण्डलका साथबाट नगद ७० हजार र एक थान मोवाइल फेला परेको प्रहरीले जनाएको छ । यता मण्डललाई आवश्यक कारवाहीको लागी निजको साथबाट फेला परेको नगद सहित जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट