News Category 2074/12/04

जनप्रतिनिधिबाटै जनता कुटिए

दैनिक समाचारदाता

राजविराज÷न्याय माग्न जाँदा एक यूवक आफ्नै जनप्रतिनिधिबाट कुटिएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले न्यायका लागि हारगुहार गर्न आएका युवकलाई आफ्नै घरमा कुटपिट गरेका छन् । 
विष्णुपुर गाउँपालिका वडा नं. ७ का २२ वर्षिय अनिल कुमार साहलाई अध्यक्ष यादवलगायत घरपरिवारका अन्य सदस्यहरु मिलेर शनिबार बिहान कुटपिट गरेको पीडितका काका लोचन साहले संचारकर्मीहरुलाई बताए । 
कुटपिटबाट अनिलको छाती, कम्मर, पीठ्यु र पेटमा गम्भिर चोट लागेको छ । उनको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । 
पीडितका काका लोचनले केही दिनअघि गाउँपालिकामा चोरीका घटनाहरु बढेको र सो चोरी कार्यमा अध्यक्षकै भतिजा सचिन कुमार यादवको संलग्नता रहेको कुरा बताउन गएको बेला उल्टै आक्रोसित भई सपरिवार मिलि भतिजो अनिललाई कुटपिट गरेको बताए ।
अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता रहेको स्वीकार गरिसक्दा समेत अनिललाई अध्यक्ष र उनका परिवारले कुटपिट गरेको घटना निन्दनीय भएको भन्दै पीडितका काका लाचेनले कारवाहीका लागि माँग गरेका छन् । उनले जनप्रतिनिधिबाटै जनता कुटिनुले अब न्यायका लागि कहाँ जाने प्रश्न गर्दै संचारकर्मीहरु समक्ष घटनामा संलग्नलाई कारवाहीका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट