News Category 2074/12/05

बलान बिहुल गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
सप्तरीको बलान बिहुल गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद चर्किएको छ । 
सो गाउँपालिकाका उपाध्यक्ष रुबी कुमारी गुप्ता तथा वडा नं. ३, ४, ५ र ६ का अध्यक्षहरुद्वारा आइतबार जारि विज्ञप्तिमा चैत १ गते गाउँपालिकाको केन्द्र निर्धारण गर्ने विषयमा ठोस निर्णयका लागि मतदान गर्न बोलाइएको तर, बिहान ९ बजे गाउँपालिका कार्यालय पुग्दा मूल गेटमा तालाबन्दी गरिएको जनाइएको छ । 
सोही विज्ञप्तिमा तालाबन्दी सम्बन्धमा खोजबिन गर्दा गाउँका केही व्यक्तिहरुको समूहले वडा नंं ६ का अध्यक्ष सूर्य कुमार दाससहित केही पदाधिकारीहरुमाथी आक्रमण भएको जनाइएको छ । 
त्यस्तै प्रहरीको उपस्थितिका कारण घटनालाई थप अराजक नभएको जनाउँदै विज्ञप्तिमा घटना हुँदा समेत गाउँपालिका अध्यक्ष दयानन्द गोइतले घटना सम्बन्धमा कुनै छानबिन समेत नगरेको र अध्यक्षको आप्mनै उपस्थितिमा भएको बोर्ड निर्णयलाई कार्यान्वयन गर्न कुनै मनसाय नदेखाएकोले घटनामा अध्यक्षको समेत संलग्नता रहेको आरोप लगाइएको छ । 
यता उपाध्यक्ष रुबी कुमारी गुप्ताको अध्यक्षतामा वडा नं. ३ देखी ६ सम्मका अध्यक्ष तथा सदस्यहरुको सम्पन्न दुई तिहाई बहुमतले वडा नं. ६ मा पर्ने धामी पोखरीको वरिपरी रहेको कित्ता नम्बर १३४ को ०–२–१ र १७९ को ०–३–१६ मा केन्द्र सार्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । 
साथै विज्ञप्तिमार्फत वडा अध्यक्ष दास लगायत जनप्रतिनिधिमाथी गाली गलौज तथा आक्रमणको प्रयास गर्ने तथा उपाध्यक्ष गुप्तालाई धम्की दिनेमाथी कारवाहीको माँग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट