News Category 2074/12/07

डुेबर वेपत्ता भएका आलमको २४ घण्टापछि मृत शरीर फेला प¥यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
राजविराज नगरपालिका ४ का ३६ वर्षिय मो. आलमको मृत शरीर पोखरीमा डुबेको २४ घण्टापछि मंगलबार बिहान फेला परेको छ । 
सोमबार बिहान राजविराज ३ स्थित कल्टुदास पोखरीमा नुहाउँदै गर्दा आलम अचानक डुबेर वेपत्ता भएका थिए । पति आलमसँगै पोखरीमा लुगा धुन गएकी जमिला खातुनले नुहाउँदै गर्दा पति आलम डुबेर वेपत्ता भएको भन्दै उद्धार र सहयोगका लागि स्थानिय र प्रहरीलाई गुहारेकी थिइन् । 
सोमबार बिहानदेखी साँझसम्म उनलाई निकै खोजतला गर्दा पनि प्रहरीले फेला पार्न सकेको थिएन् । खबर पाए लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर टोली पानी भित्र छिरेर लगातार ८ घण्टासम्म खोजी कार्य गरेका थिए । सो क्रममा टोलीले माछा मार्ने ठूलठूला जाली समेत प्रयोग गरेका थिए । प्रहरीको उद्धार कार्य हेर्न सो पोखरी किनारमा सर्वसाधारणको ठूलो भिंड जम्मा भएको थियो ।
यता मंगलबार बिहान १० बजेतिर प्रहरीको गोताखोर टोली पुनः पुग्नु अगावै आलमको मृत शरीर पानीको सतहमा तैरिरहेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 
पोखरीबाट उनको मृत शरीर निकालेर पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पु¥याई घटना बारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट