News Category 2074/12/08

पहिलो वडा हाट बजारको उद्घाटन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
राजविराज नगरपालिका वडा नं. १५ मुसहरनिया टोलमा बुधबार एक कार्यक्रमबीच पहिलो वडा हाट बजारको उद्घाटन गरिएको छ । 
टोल टोलमा हाट बजार बिस्तार गर्ने योजना अन्तरगत अहिले राजविराज नगरपालिकाको विभिन्न वडाहरुमा साना साना हाट बजारको स्थापना हुने क्रममा वडा नं. १५ मा सबैभन्दा पहिले हाट बजारको उद्घाटन गरिएको छ । 
तरकारीदेखी दैनिक उपभोग्य सम्पूर्ण सामानहरुको बिक्रि बितरण गराउने उद्देश्यका साथ सो हाट बजार संचालनमा ल्याइएको वडा अध्यक्ष रामप्रसाद यादवले जानकारी दिए । 
राजविराजको मुख्य हटिया बजार वडा नं. १५ का बासिन्दाहरुका लागि टाढा पर्ने भएकोले समेत टोल टोलमा हाट बजार संचालन गर्न लागेको उनको भनाई छ । 
यसैबीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्यानर पढेर उक्त हाट बजारको उद्घाटन गरेका थिए । सो अवसरमा उपप्रमुख साधना झा, कार्यकारी अधिकृत तथा सबै वडाका अध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।  
सो अवसरमा प्रमुख यादव र उपप्रमुख झाले पहिलो वडा हाटको बिस्तारका लागि आफूहरु सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट