News Category 2074/12/08

वडा नं. ३ लाई वडा स्तरिय क्रिक्रेट प्रतियोगिताको उपाधी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।  
राजबिराजमा सम्पन्न वडा स्तरिय क्रिक्रेट प्रतियोगिताको उपाधी वडा नं. ३ ले हात पारेको छ । 
सप्तरी क्रिकेट संघको सहकार्य तथा राजविराज वडा नं. ५ को आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई ७८ रनको बिशाल अन्तरले पराजित गर्दै उपाधी हात परेको हो । 
वडा नं. ४ ले टस जिती पहिलो ब्याटिंगको लागि वडा नं. ३ लाई निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको वडा नं. ३ का रोहन बिकको सोचबुझ पारी तथा बिकास दासको बिस्फोटक ब्याटिंगको कारण निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ६८ रनको योगफल तयार पारेको थियो । रोहन बिकले ५७ बलमा ३ छक्का र ३ चौक्काको मद्धतले ५६ रन तथा बिकास दासले २२ बलमा २ चौक्का र ६ छक्काको मद्धतले नटआउट रहि ४९ रन बनाएका थिए भने बिवेक यादवले २५ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए । बलिंग तर्फ वडा नं. ४ का जुगल किशोर चौधरीले २ तथा महवुव आलम र तौसिफ हुसैनले सामान १ बिकेट लिएका थिए । 
यता १ सय ६९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ४ वडा नं. ३ का बौलर सामु निरिह हुदै १७ ओभर ५ बलमा आप्mना सम्पुर्ण बिकेट गुमाई ९० रनमात्र बनाउन सकेका थिए । वडा नं. ४ लाई सस्तोमा समेटन वडा नं. ३ का रोहित सिंहले ४ ओभरमा ७ रन दिई ३ बिकेट तथा अनिल यादव, बिवेक यादव र रौबिन सिंहले सामान २ बिकेट तथा बिकास दासले १ बिकेट लिएका थिए । 
ब्याटिंग तर्फ वडा नं. ४ का तर्फबाट उपेन्द्र राय र प्रशान्त केसी क्रमश ः १४ र १२ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन । खेलको म्यान अफ द म्याच वडा नं. ३ का रोहन बिकलाई प्रमाण पत्र तथा ट्रफी बितरण गरिएको थियो ।  
प्रतियोगिता अन्र्तगत उत्कृष्ट प्रर्दशन गरे वापत वडा नं. ३ का निरज यादवलाई प्रतिभाशाली युवा खेलाडी घोषित गरिएको थियो भने प्रतियोगिताको बेस्ट बौलर वडा नं. ३ का रौबिन सिंह, बेस्ट ब्याट्सम्यान वडा नं. ५ का मुन्ना साह तथा म्यान अफ द सेरिज वडा नं. ६ का प्रशान्त राईलाई प्रमाण पत्र तथा ट्रफी बित्तरण गरिएको थियो । 
गत फागुन २९ गते देखि संचालित प्रतियोगिताको फाईनल खेलको समापनमा बिजेता, उपबिजेता लगायत खेलाडी तथा अफिसियलहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, आयोजजक समिति वडा नं. ५ का अध्यक्ष समिर झा, वडा नं. २ का वडा अध्यक्ष अरुण यादव, वडा नं. ३ का अध्यक्ष सुर्दशन प्रसाद सिंह, वडा नं. ६ का वडा अध्यक्ष प्रेम यादव, वडा नं. ८ का वडा अध्यक्ष जयनारायण मण्डल, सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठ, लायन्स क्लबका अध्यक्ष प्रेम सागर गुप्ता लगायतले ट्रफी तथा प्रमाण पत्र बितरण गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट