News Category 2074/12/09

पहिलो दिनको परीक्षामा ३ सय ८६ विद्यार्थी अनुपस्थित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रूपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ । 
बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्ण रूपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । 
यता सप्तरीमा भने बिहीबारको परीक्षामा ३ सय ८६ विद्यार्थी अनुपस्थित रहेको सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए । 
सो परीक्षाका लागि जिल्लाका ३६ वटै परीक्षा केन्द्रमार्फत नियमित तर्फ ८ हजार ५ सय ८४ र एक्जाम्टेड तर्फ १ हजार १३ गरी कुल ९ हजार ५ सय ९७ परीक्षार्थीहरुले परीक्षा दिँदैछन् ।
यसका लागि ३६ केन्द्र अध्यक्ष, ४५ सहकेन्द्र अध्यक्ष, ४ सय १ निरिक्षक, २ सय १५ कार्यालय सहायक र प्रति केन्द्रमा १५ जना सुरक्षाकर्मीसहित १ हजार २ सय ३७ जनशक्ति परिचालन हुने भएको छ । 
यस्तै मुलुकभरी परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रत्येक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट