News Category 2074/12/09

आज चैती छठ मनाइदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
प्रत्येक वर्ष चैत महिनामा मनाइने चैती छठ अन्तरगत आज अस्ताउँदो सूर्यलाई अर्घ दिईदै छ । 
हुनत छठ पर्व भनने बित्तिकै कात्तिक मंसिर मनाइने बुझिन्छ । तर, यो पर्व सबैभन्दा पहिला चैत महिनामै मनाउने चलन थियो । चैत महिनामा निकै गर्मी हुनाले यो पर्व कात्तिक मंसिर महिनामा सारिएको पौराणिक धारणा रहेको छ । 
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ । पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट