News Category 2074/12/19

बास्तविक बाढीपीडितले राहत नपाएको भन्दै चार दिनदेखी वडा कार्यालयमा तालबन्दी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
बाढी पीडितहरुको राहतमा अनियमितता गरेको भन्दै राजविराज वडा नं. ५ स्थित कार्यालयमा विगत चार दिनदेखी गरिएको तालाबन्दी आइतबार पनि यथावतै रहेको छ । 
बाढी पीडितहरुलाई दिईने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै सो वडा कार्यालयमा बिहीबरदेखी तालाबन्दी गरिएको हो । 
बाढी पीडितहरुको नामावलीमाथि आवश्यक छानविन हुनुपर्ने, अनियमितता गर्ने दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारवाही गरिनुपर्ने, बास्तविक पीडितहरुलाई राहत बाँडिनुपर्ने, सरकारी राहतको दुरुपयोग रोकिनुपर्ने जस्ता मागहरु अघि सारेका छन् । माग पुरा नभए तालाबन्दी जारी राखी सशक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारीहरुले दिएका छन् । 
यता आइतबार सोको बिरोधमा बाढी पीडितहरुले राजविराजमा विरोध ¥याली समेत निकालेका छन् । तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, नव निर्वाचित वडा सदस्यहरु पार्थो सरकार र संगीता कर्णविरुद्ध चर्को नाराबाजी गर्दै वडा कार्यालय पुगेका स्थानीयवासीले वडा अध्यक्ष समिर झालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका थिए ।
बाढीबाट डुबान नभए पनि रोशन, सरकार र कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको बाढी पीडितको सूचीमा पारेका छन् । एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय दिपेश यादवको भनाइ छ  ।
गएको साउन महिनाको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो । नेपाल सरकारले बाढीवाट पुर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई २५ हजारका दरले राहत उपलब्ध गराउन वडा कार्यालयमा रकम पठाएको छ । 
यता स्थानीय तहको चुनाव अघि नै तत्कालिन वडा सचिवले गरेको सिफारिशका नामहरु गल्ती भएको स्विकार गर्दै वडा अध्यक्ष समिर झाले समेत सच्याउनु पर्ने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट