News Category 2074/12/20

धर्मको नाममा कसैले राजनीति गर्नु हुदैन् ः उपेन्द्र यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सोमबार देखि शुरू भएको दश महाबिद्या सह रुद्र महायज्ञको उदघाटन गर्दै जाति र धर्मको नाममा कसैले पनि राजनीतिक गर्नु नहुने सुझाव दिएका छन् । 
फोरम अध्यक्ष यादवले मुलुक धर्म निर्पेक्षता भइसकेको अवस्थामा कसैले धर्म र जातिको नाममा कुनै पनि विवादको गर्नु नहुने बताए । 
सबै धर्मको रक्षा र स्वाभिमानका लागी एक आपसमा सदभाव कायम राख्नु पर्नेमा उनले जोड दिए । उनले धर्म र जातिको नाउँमा कसैलाई विभेद नगर्न सुझाव दिए । 
मुलुककै प्रसिद्घ शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिदै अध्यक्ष यादवले यसका लागी आफुले पहल र सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे । 
कार्यक्रममा प्रदेश नं. २ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह समेतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट