News Category 2074/12/30

बैशाख १ देखी विद्यालय भर्ना अभियान, सप्तरीका १३ हजार ४ सय ३४ बालबालिका विद्यालय बाहिर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
२०७५ साल बैशाख १ गतेदेखी मुलुभरी विद्यालय भर्ना अभियान संचालन हुँदैछ । 
सोही सन्दर्भमा बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) ले सप्तरीमा अभियान बारे जानकारी दिएको छ । 
सो कार्यक्रममा समन्वय इकाईका प्रमुख डोलराज पाण्डेले मुलुकभरी ३ लाख भन्दा बढी बालबालिकाहरु विद्यालय बाहिर रहेको जानकारी दिएका छन् । जस अन्तरगत प्रदेश नं. २ मा १ लाख ५३ हजार ९ सय ५३ बालबालिकाहरु विद्यालय बाहिर रहेको बताए । 
विद्यालय भर्ना अभियान दुई चरणमा हुने जानकारी दिँदै प्रमुख पाण्डेले बैशाख १ देखी १४ गतेसम्म नियमित विद्यालय भर्नाको बेला बालबालिकाहरुलाई विद्यालयमै फुलमाला लगाएर स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए । त्यस्तै १५ देखी ३० सम्म भर्ना हुन बाँकी रहेका बालबालिकाहरुलाई घरदैलो कार्यक्रम गरेर विद्यालयमा भर्ना गराउने अभियान संचालन गरिने उनले जनाए । 
यस्तै प्रमुख पाण्डेले सप्तरीमा ५ वर्षदेखी १२ वर्षमूनीका १३ हजार ४ सय ३४ बालबालिकाहरु हाल विद्यालय बाहिर रहेको जानकारी दिए । यता सप्तरीमा ती संख्याको बालबालिकाहरु विद्यालय बाहिर रहेपनि १० देखी १४ वर्ष मूनीका १ हजार ७ सय ४८ जना किशोरीहरु किशोरी शिक्षामा अध्ययनरत रहेका छन् र उनीहरु बैशाखमा आधारभूत शिक्षाका लागि विद्यालयमा भर्ना हुने तयारीमा रहेको प्रमुख पाण्डेले जानकारी दिए । 
प्रमुख पाण्डेले सप्तरीमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सबै स्थानिय तहले आफ्नो तर्फबाट सहयोग गनुपर्ने आग्रह समेत गरे । उनले विद्यालय भर्ना हुने बालबालिकाको पाठ्पुस्तकलागि जिल्लाका सम्पूर्ण स्थानिय तहमा रकम पठाइसकेको जानकारी दिदै सम्पूर्ण विद्यालयलाई स्थानिय तहबाट रकम लिएर पाठुपुस्तक खरीद गर्न आग्रह समेत गरे । 
सोही कार्यक्रममा सम्पूर्ण गैरसरकारी संस्थाहरुलाई समेत विद्यालय भर्ना अभियानमा सहयोग गर्न अपील गर्दै प्रमुख पाण्डेले सामाजिक कार्यका लागि व्यक्ति व्यक्तिसँग सहयोगको अपेक्षा राखेको बताए । 
जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमु, उपप्रमुख, कार्यकरी अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, विद्यालयका प्रअ, शिक्षक महासंघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट