News Category 2075/01/03

सिरुवा र जुडसितल मनाइयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ वैशाख । 
नयाँ वर्षसँगै आइतबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ । यसपर्वको अवसरमा सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएको छ ।
पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन आइतबार पानी छयापा–छयाप गरी जुड सितल मनाईएको हो । बर्षभरी शितलता प्राप्त होस भन्दै जुडसितल मनाईने गरेको पौराणिक विश्वास रहेको छ । 
जुडसितलको अवसरमा ठुलाले आफुभन्दा सानालाई टाउँकोमा पानी हालेर जीवनभरी सुखि रहने आर्शिवाद दिइने गर्ने चलन । यसैगरि सोही अवसरमा हिलो छ्यापेर सिरुवा पर्व मनाइन्छ । 
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा विभिन्न परीकारका खाना बनाई एक अर्काको घरमा खाना खाने चलन रहेको छ । सो अवसरमा एकले अर्काे तथा छिमेकी, इष्टमित्रलाई आ–आफनो घरमा ल्याएर विभिन्न परिकारको खाना खुवाउने गरिन्छ । 
यता यस दिन एक छाक खाना पकाउने परम्परा रहेको छ । बिहान खाना पकाएर सोही खाना राती पनि खाने गरिन्छ । अर्थात एक छाकका लागि मात्र चुलो बाल्ने चलन चलिआएको छ । 
जुडसितल अर्थात सिरुवा पर्वको अवसरमा सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी मन्दिरमा भव्य मेला लाग्ने गरेको छ । त्यस्तै नयाँ वर्षको शुरुवातसँगै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा बैशाख १ गतेदेखी समेत एक महिनासम्म मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट