News Category 2075/01/04

राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, बैशाख मसान्तसम्ममा टेस्ट उडान हुने

दैनिक समाचारदाता

नवीन कुमार गुप्ता
राजविराज, ३ बैशाख । 
राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । रनवे कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । 
झण्डै १६ महिना पश्चात् विमानस्थलको रनवे कालोपत्रे सम्पन्न पश्चात् बाँकी रहेको कम्पाउण्ड घेरवार, कार्यालय मर्मत, रंगरोहन लगायतका काम समेत अन्तिम चरणमा पुगेको छ । यी कामहरु सम्पन्न पश्चात् नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि बैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर रामएकवाल महतोले जानकारी दिएका छन् । 
यता विमान स्थलको स्तोरन्नती पछि विमान सेवा पुनः सुचारु हुने खबरले स्थानियबासी र जग्गादाता पनि खुसी भएका छन् । विमानस्थलका लागी करोडो मुल्य पर्ने आप्mनोे ४८ विघा जग्गा निःशुल्क दान गरेका स्थायिनवासी स्व. रुद्र नारायण सिंहका छोरा महमााया सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यावाद समेत दिएका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरण मार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको रनवे निर्माण गर्ने काम पाएको थियो । उक्त कन्स्ट्रक्सनले विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको थियो । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पुरा गरिसक्नु पर्नेमा उक्त कन्स्ट्रक्सनले ४ महिना ढिलो काम सम्पन्न गरेको छ । 
तत्कालिन जिल्ला विकास समिति सप्तरीको कार्यालय मार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्य समेत सम्पन्न भइसकेको छ । हाल विमानस्थलमा रहेको विभिन्न सानातिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडी कालोपत्रे, रंगरोहन तथा मर्मतका कामहरु समेत अन्तिम चरणमा पुगेको छ । 
राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ विगहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्ग कै कारण वर्षा याममा पटक पटक बन्द हृुँदै आएको थियो । वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको हो । 
अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो । 
प्रदेश नं. २ मा जनकपुर, सिमराहा र राजविराज गरि तीन विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान संचालनमा आएपछि सप्तरीसहित प्रदेश नं. १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश नं. २ को चौतर्फि विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट