News Category 2075/01/05

सर्वस्वसहित जन्म कैदका फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख । 
कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद पाएर फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ इनर्वा बस्ने ६० वर्षिय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि राजविराज कारागारमा चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पुनरावेदन अदालत राजविराजको २०६७ साल माघ १९ गते फैसला अनुसार राम प्रसाद यादवलाई ज्यान सम्बन्धि महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद भएपछि उनी सोही समयदेखी फरार रहेकोले सप्तरी प्रहरीले २०७४ चैत २९ गते हनुमाननगर कंकालनी नगरपालिका वडा नंं. ११ स्थित लुकिछीपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 
यसअघि जिल्ला अदालतले यादवलाई रिहा गर्ने फैसला सुनाएपछि पुनः सोही मुद्दामा  पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित कैदको फैसला सुनाएको हो । 
२०५३ साल जेठ १९ गते रामप्रसाद यादवले सोही स्थान निवासी शुभलाल यादवको हत्या गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट