News Category 2075/01/07

सप्तरीका किशोरीहरुले “आत्मरक्षा” तालिम लिँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
सप्तरीको विभिन्न स्थानमा किशोरीहरुले अहिले आफ्नो रक्षाका लागि “आत्मरक्षा” तालिम लिन लागिपरेका छन् । 
विगतमा जिल्लामा बढ्दो महिला हिंसाले सबैभन्दा बढी महिलाहरु नै पीडित भइरहेको अवस्थामा सप्तरी प्रहरी र स्थानिय एक संस्थाको अग्रसरतामा सो तालिम दिने थालिएको हो । 
नेपाल प्रहरीको जबर्जस्ती करणी विरुद्धको तीन महिने अभियान अन्र्तगत सो तालिमलाई प्राथमिकतामा राखि सुरु गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । 
उनले महिला हिंसालाई न्युनिकरण गर्न र किशोरीहरुलाई आत्मबल मिलोस् भन्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको बताए । जिल्लाको १८ वटै स्थानिय तहमा तालिमको आयोजना गरिएको उनले बताए । 
यता बिहीबार जिल्लाको डाक्नेश्वरी नगरपालिका पातोमा ६० जना किशोरीहरुले आत्मरक्षा सम्बन्धी अभिमुखीकरण अन्तरगत तालिम लिएका छन् । स्थानिय समुदायका १० बर्ष देखी २० बर्ष सम्मको ६० जना किशोरीहरुलाई सो तालिम लिएका हुन् । 
यसअघि जिल्लाको सुरुङ्गा नगरपालिका मलहनमा र कुशहाका ५० जना किशोरीहरुले सो तालिम लिएका थिए । 
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड सगँको साझौदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित पहँुच परियोजना अन्र्तगत विपन र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम दिइदै छ । 
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र किशोरीहरुलाई जबर्जस्ती करणी सचेतना तथा कसैले जबजजस्ति गरेमा, बलात्कार गरेमा अथवा नराम्रो अश्लिल शव्दहरु प्रयोग गरेमा हुने सजायहरुको बारेमा अधारभुत जानकारी दिइएको छ । 
हुकोडन नेपालका कानुन तथा तालिम अधिकृत शिबनाथ साहले अभिमुखीकरणमा किशोरीहरुलाई कानुनी प्रक्रिया, बलात्कारका प्रकृतिहरुको बारेमा दण्ड सजाय तथा क्षतिपुर्ति सम्बन्धमा विस्तृतरुपमा जानकारी दिए ।  
कार्यक्रममा न्याययिक समितिका काम कर्तव्य र अधिकारहरुको बारेमा न्यायिक समितिको संयोजक इन्दु कुमारी यादवले जानकारी दिएकी थिइनु भने नगरपालिकाको वार्ड नं. ५ को अध्यक्ष दुखरन मण्डले यस्ता शिपहरु किशोरीहरुका लागि अतिआवश्यक रहेको बताए । 
कार्यक्रममा स्थानिय मेलमिलाप समुदायका अध्यक्ष बालकृष्ण पण्डित, हुकोडन नेपालका पहँुच कार्यक्रम संयोजक नन्दनी यादब र आत्मरक्षा तालिमका सहभागि नम्रता परियारले उक्त कार्यक्रको सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट