News Category 2075/01/07

सवारी दुर्घटनामा एकको मृत्यु बालिकासहित दुई घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
सप्तरीमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु हुनुका साथै एक बालिकासहित दुई जना घाइते भएक छन् । 
जिल्लाको कंचनरुप नगरपालिका ८ स्थित चन्द्रनहर पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख २८८९ नं.को बसले पैदल यात्री सोही स्थान निवासी ४६ वर्षीय टंक बहादुर मगरलाई ठक्करदिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 
ठक्करबाट गम्भिर घाइते भएका मगरलाई टाउँकोमा चोट लागेपछि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७७६७ नं.को कारले सोही दिशतर्फ आउँदै गरेको सद्दप ८१२६ नं. को मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकल पछाडी सवार सोही स्थान ४ निवासी ५० वर्षिय जलिफुल खातुन घाइते भएकी छिन् । 
घाइते खातुनको शरीरको विभिन्न भागमा चोट लागेपछि कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता कार र मोटरसाइकललाई पहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
त्यस्तै जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित भित्रि सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ७ वर्षिया बालिका नितु कुमारी यादव घाइते भएकी छिन् । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स६प ९६७७ नं. को मोटरसाइकलले बाटोमा खेल्दै गरेकी नितुलाई ठक्कर दिएपछि उनको हात र खुट्टामा चोट लागि घाइते पश्चात् स्थानिय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 
यता ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट