News Category 2075/01/08

आदिबासी जनजातीद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
नेपाल आदिबासी जनजाती महासंघ सप्तरीले बिभिन्न ७ बुंदे माँग राखी शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा धर्ना दिएको छ । 
आदिबासी जनजाती लगायतका उत्पीडीत समुदायको पहिचानसँग जोडिएको सार्वजानिक बिदा खारेज गरेको र बिभेदमा पारिएका समुदायको पहिचान समाप्त गर्ने षडयन्त्र गरेको भन्दै ओली सरकारको कार्यशैलीको बिरुद्धमा ४ घण्टा घर्ना दिएको हो । 
यसअघि आदिबासी जनजातिको पहिचानसंग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्ने, धर्मनिरपेक्षतासंग बाझिएका काणुन खारेज गनुपर्ने, बिभिन्न पहिचान जनित आन्दोलनमा राजबन्दीको रुपमा जेल परेकाहरुलाई रिहाई गर्नुपर्ने लगायतका बिभिन्न नारा लेखिएका प्लेकार्ड, बिभिन्न जातीको झण्डा र ब्यानर सहित नारा जुलुस लगाउदै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा दिउसो १ बजे देखी ४ बजे सम्म धर्ना दिए । 
सो धर्नाकै क्रममा उनीहरुले कार्यालय हाता भित्रै बिरोध सभा समेत गरे । नेपाल नेपाल अदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आयोजित कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले आदिबासी जनजाती माथिको बिभेद कायम रहे अझ सशक्त आन्दोलन गर्ने चेताबनी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट