News Category 2075/01/09

भारतीय नोटको अभावले “बट्टा” कारोबार फस्टाउँदै

दैनिक समाचारदाता

राजविराज÷भारतीय रुपैयाको अभावका कारण सप्तरीमा भारतीय नोटको बट्टा कारोबार निकै फस्टाएको छ । जसकारण स्थानियहरु निकै तनावमा छन् । 
बैंकमा भारतीय रुपैया नपाउनु तथा यसैको फाइदा उठाउँदै केही व्यक्ति र व्यापारीले सयकडा ७ देखि १० रुपैया बट्टा लिएर भारु साटन थालेपछि स्थानियहरु तनावमा परेका हुन् । सप्तरी सिमाबर्ती बजार भएकाले यहाँका अधिकांश उद्योगी व्यवसायी र स्थानियहरु भारतको बजारमा दैनिक उपाभोग्य बस्तुदेखी लिएर अन्य ब्यापारीक कारोबार भारुमै गर्नु पर्ने बाध्यता रहेको छ । तर, भारुको अभावमा नेपाली रुपैयामा कारोबार गर्दा त्यहापनि सयकडा ५ देखि १० रुपैया बट्टा काट्न थालेको स्थानियहरुले गुनासो गरेका छन् । 
सर्वसाधारणलाई सिमाबर्ती बजारमा किनमेल प्रयोगजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थायात्रा तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोटको आवश्यक पर्दा बट्टा तिरेर लिनु पर्ने बाध्यता रहेको छ । 
स्थानिय बजारमै केही व्यक्ति र व्यापारीले सयकडा ५ देखि १० रुपैया सम्म बट्टा काटेर भारु उपलब्ध गराउने र सर्वसाधारणलाई उनीहरुसँग भारु किन्ने काम निकै महगो सावित हुने गरेको छ । 
सदरमुकाम राजविराजमा भारुको चर्को अभाव भएको एक वर्ष भन्दा पनि बढी समय भई सक्यो । यहाँ मनिचेन्जर कम्पनी नभएको तथा विगत एक वर्ष देखि राष्ट्रिय बाणिज्य बैंकले पनि भारु सटही सुविधा बन्द गरेकाले सर्व साधारण भारु पाउन गोप्य ढंगले भारु नोटको कारोबारी गर्नेहरुको घर र पसल चहार्नु परेको स्थानिय उमेश यादव बताउँछन् । 
बैंकले भारु नोट सटही सेवा बन्द गरेको अवस्थाको फाईदा उठाउँदै केहि व्यवसायीले भारु नोटको अबैध कारोवार गरिरहेकाकोप्रति त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन् ।  
राजविराजस्थित राष्ट्रिय बाणिज्य बंैकले मात्र सर्वसाधारणको सुविधाका लागी भारु सटही गर्दै आएको थियो । घरका लागि प्रति निवेदन एक हजार पाँच सय र भारत तर्फ उपचारका लागी जानेहरुको हकमा प्रमाणको आधारमा ५ हजार भारु रुपैया मात्र दिदै आएको सो बैंकले विगत एक वर्ष देखि सो सेवा पनि पूर्ण रुपमा बन्द गरेको छ । 
यस बारे सो बैंकका एक कर्मचारीसँग जिज्ञासा राख्दा भारु रुपैया राष्ट्र बैंकले पठाउने गरेको थियो, उतैबाट पठाउन छाडिएपछि सटही काउण्टर बन्द गरिएको जानकारी दिएका छन् ।
हाल भारु सटही काउण्टर बन्द गरी बैंकले त्यसमा भाडामा चिया पसल संचालन गरेको छ । भारु खोज्दै आउनेहरु सटही काउण्टर चिया पसलको रुपमा परिणत भएको देखेर निरास भई फर्किने गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट