News Category 2075/01/12

हात्तिको आक्रमणबाट एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ । 
हात्ती आक्रमणबाट उनको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँगै सप्तरीमा हात्तीको आक्रमणमा परी एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ । 
कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केको एउटा जंगली हात्तीको आक्रमणबाट स्थानिय ४५ वर्षीया दुर्गीदेवी यादवको  मृत्यु भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
सो आरक्ष क्षेत्रबाट आएको हात्तीले घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गर्नुका साथै घर समेत भत्काएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
यसअघि कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिको आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ पथरी टोलका ३५ वर्षीया मञ्जुदेवी र ४५ वर्षिया पत्नी दुर्गीदेवीको मृत्यु भएको थियो ।
यस्तै हात्तीको आक्रमणबाट २ महिनाको अवधिमा सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका १० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगिता यादव लगायतको समेत मृत्यु भइसकेको छ ।
जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी, कंचनरुप नगरपालिका क्षेत्रमा दिनुहु हात्ती आतंक बढेको भएपनि स्थानिय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानियबासीको गुनासो छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट