News Category 2070/09/05

:yflgox?n] s'6lk6 u/]sf] eGb} dlxnfåf/f ph'/L ...

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ पुस । 
प्रतिरोधको भावनाबाट प्रेरित भई केटाकेटी बिचको झगडालाई निहुँ बनाएर आफ्ना छोरासहित आफुलाई स्थानिय ब्यक्तिहरुले कुटपिट गरेको भन्दै सप्तरीको नेगड गाविसकी एक दलित महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छिन् । 
पुरानो रिसिइबी राखी प्रतिसोधको भावनाबाट प्रेरित भएर स्थानिय उपेन्द्र यादव, धर्मेन्द्र यादव, शैलेन्द्र यादव र निलम कुमारी यादवले यही पुस १ गते दिउँसो २ बजेको समयमा आफ्ना छोरा ५ बर्षीय प्रेम कुमार राम र आफुलाई निर्मम कुटपिट गरेको भन्दै नेगड गाविस–९ निवासी सियादेवी रामले प्रहरीमा उजुरी दिएकी हुन् । 
स्थानिय निलम कुमारी यादवको छोरा र आफ्ना छोरा बिच खेल खेल्ने क्रममा झगड हुदाँ आफ्ना छोरालाई निर्ममपुर्वक कुटपिट गरेपछि किन तपाईहरुले अबोध बालकलाई कुटपिट गर्दैहुनुहुन्छ भनेर सोधेपछि बिपक्षीहरुले आफुलाई पनि बाँसको भाटाले कुटपिट गरेको रामको उजुरीमा उल्लेख छ । 
पिडकहरुले अझै आफु र आफ्ना पतिलाई ज्यान मार्ने धम्की दिदै आएकाले सो गाउँबाट बिस्थापित भएर अन्यत्र बस्दै आएको भन्दै सियादेवी राम पिडकहरुलाई खोजतलाश गरी कानुन बमोजिक कार्वाही गर्न माग समेत गरेकी छिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट