News Category 2075/01/20

एक लाख ३५ हजार घुस रकमसहित जिससका नासु यादव पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा जुगेश्वर प्रसाद यादवलाई घुसको रकम रु. १ लाख ३५ हजारसहित बुधबार पक्राउ गरेको छ  । 
प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालको नेतृत्वमा आएको अख्तियारको टोलीले नासु यादवलाई राजविराजस्थित समन्वय समितिको कार्यालयबाटै नगदसहित पक्राउ गरेको हो । 
प्रहरी नायब उपरिक्षक खनालका अनुसार जिल्लाको महुली खोला पुनः निर्माण योजना सम्पन्न भएपनि जम्मा गरिएको धरौटी वापत ५ प्रतिशत रकम निकासाका लागि नासु यादवले सो धरौटी रकमको ५ प्रतिशत रकम दिए मात्र निकासा गर्ने भन्दै आनाकानी गर्दै आएका थिए । 
काम सम्पन्न भइसकेको अवस्थामा धरौटी वापतको रकम निकासा गर्न बारम्बार नासु यादवले सम्बन्धीत ठेकेदारलाई ताकेता गरेपछि बुधबार कार्यालयमै घुस लिइहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको सुचना अधिकारी नरेन्द्र प्रसाद भट्टराईले जानकारी दिए । पक्राउ परेका यादवलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट