News Category 2075/02/12

निशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न जनता लाभान्वित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकाको सहयोग तथा छिन्नमस्ता विकास सेवाको आयोजनामा शुक्रबार  स्त्री तथा प्रसुती रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
सो शिविरको उद्घाटन गर्दै राजपाका महासचिव एवं प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ग्रामिण भेगका गरिब, विपन्न जनताहरुले स्वास्थ्य शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।  
आर्थिक अभावका कारण रोगको उपचार गर्न नसकेका गरिब, विपन्न परिवारहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरबाट ४ सय ९० जनाले स्वास्थ्य सेवा लिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् । 
शिविरमा बिराट मेडिकल कलेजबाट आएका डा. अमित देव, डा. सृष्टि थापा, डा. रोजिना सेडाही, डा. दिपेन्द्र  खनाल लगायत चिकित्सकद्वारा ४ सय ९० जना रोगीको निशुल्क उपचार गरेको अध्यक्ष यादवले बताए । 
शिविरमा पाठेघर सम्बन्धी समस्याबाट ग्रस्त फेला परेका ६९ जना जटिल रोगीलाई बिराट मेडिकल कलेज लगि निशुल्क उपचारको व्यवस्था मिलाउने तयारी गरिएको कलेजका मार्केटिङ डायरेक्टर सुनिल देवले जानकारी दिए । 
शिविरमा उपचारसँगै भिडियो एक्सरे र जाँच सेवा तथा औषधीहरु समेत निशुल्क बितरण गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट