News Category 2075/02/15

छोरी वेपत्ता बनाएको आमाको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
छोरी वेपत्ता बनाइएको दुई महिना बढी भइसक्दा पनि प्रहरीले कुनै सक्रियता नदेखाउँदा आरोपी व्यक्ति खुलेआम हिडिरहेको पीडित पक्षले आरोप लगाएका छन् । 
पीडित राजविराज नगरपालिका ४ निवासी रंगीला चौधरीले सोमबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरीे सो आरोप लगाएकी हुन् । 
आफ्नी १२ वर्षिया छोरी मनिषाको सोही वडा निवासी निर्मला मुँखियाले गत २५ चैतमा विद्यालयबाट आउँदै गरेको अवस्थामा ललाई फकाई वेपत्ता बनाएको उनको आरोप छ । 
सो घटनाको भोली पल्टै प्रहरीमा किटानी जाहेरी दिँदा कुनै पहल नभएको र आरोपित महिला खुलेआम धुमिरहेको बताउँदै उनले भनिन्, “प्रहरीले अपहरणको मुद्दा दर्ता गर्न नमान्दा बाध्य भएर हुलाक मार्फत निवेदन पठाएका छु ।” उनले भनिन् ,“प्रहरीले प्रेम प्रसङ्गसँग जोडेर अपहरण मुद्दा दर्ता गर्न नमानेको तर, छोरी प्रेमका कारण वेपत्ता भएको होइन् । निर्मलाले उनको शरीरमा रहेको सुनको गरगहना लुट्ने मनसायले वेपत्ता बनाएको हो ।”
उनले सोही पत्रकार सम्मेलनमा छोरीको जन्मदर्ता प्रमाणपत्रलाई सार्वजनिक गर्दै मनिषाको जन्म १२ जेठ २०६२ मा भएको बताइन् । जसअनुसार उनको हालको उमेर १४ वर्ष देखिन्छ । 
यता आरोपित भनिएकी महिला निर्मलाले सो आरोप बिल्कुलै निराधार भएको बताएकी छिन् । छोरासँगको प्रेम सम्बन्धका कारण दुबै राजीखुशीले भागेका उनले भनिन । 
यस्तै प्रहरीले वेपत्ता भनिएको केटी प्रेम प्रसङ्गमा भागेको थाहा हुन आएको र खोजबिन जारि रहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट