News Category 2075/02/20

दुःखीलाई दिनहुँ भोजन

दैनिक समाचारदाता

राजविराज÷ईस्लाम धर्मावलम्विहरुको महान पर्व रमजानको अवसरमा सप्तरीको विभिन्न स्थानमा एक मुस्लिम संस्थाले गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला, अपांग परिवारलाई दिनहुँ मिष्ठान भोजन खुवाउने गरेका छन् ।
राजविराजस्थित नेपाल मुस्लिम वेलफेयर एजुकेशनल सोसाईटीको आयोजना र नेपालस्थित युएई राजदुतावासको आर्थिक सहयोगमा उनीहरुको निःशुल्क भोजनको ब्यवस्था मिलाईएको हो ।
यो क्रम रोजा अवधिभर जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा चलिरहने आयोजक संस्थाका महासचिव इर्साद अन्सारीले वताए । उक्त सहयोग युएईका समाजसेवी सेख जायदले दुतावास मार्फत उपलब्ध गराएको उनको भनाई छ ।
मुस्लिम समुदायले निकै महत्वका साथ मनाउने महान पर्व रमजान मनाउन आर्थिक अवस्था कमजोर भएकालाई पनि कुनै समस्या नहोस भन्ने उदेश्यले गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला, अपांग, दलित, विपन्न परिवारलाई निशुल्क भोजनको ब्यवस्था मिलाईएको हो ।
छिन्नमस्ता, कृष्णसवरण गाउँपालिका र राजविराज नगरपालिकाको २ वटा वडामा गरी शनिवारसम्ममा एक हजार ८ सय ५२ जना गरिव असहायलाई भोजन खुवाईसकिएको र वाँकी रहेका स्थनीय तहमा पनि सो कार्य अघि वढ्ेको महासचिव अन्सारीले जानकारी दिए ।
रमजानमा इफतार भोज
राजविराज÷रमजान पर्वको अवसरमा राजविराजका इटा व्यवसायीहरुले शनिबार इफतार पार्टी (भोज) को आयोजना गरेका छन् । 
न्यु चाँद इटा उद्योगका संचालक अमजद अंसारी र हिरो इटा उद्योगका संचालक इजहारुल हक, फिरोज अन्सारी, जसमुद्दिन मियाँ र जुबेर अन्सारीको संयुक्त आयोजनामा स्थानिय नुरीजामा मस्दिमा साँझ ७ बजे सुरु भएको इफतार भोजमा गरिब, असाय, दलित, विपन्न वर्ग, बृद्धबृद्धा, एकल महिला गरि एक हजार बढी सहभागि भएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट