News Category 2075/02/23

सहिद परिवारलाई उन्नत जातको गाई र भैसी दिइने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
प्रदेश नं. २ का  भुमी व्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ का मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारलाई आय आर्जनका लागि उन्नत जातका गाई र भैसी दिइने घोषणा गरेका छन् । 
राजविराजमा सञ्चालित एक दिने, पशु स्वास्थ्य तथा वाझोपना निवारण शिविरको मंगलबार उदघाटन गर्दै मन्त्री साहले सो घोषणा गरेका हुन् ।
आगामी आर्थिक वर्षमा एक एक थान उन्नत जातका गाई, भैँसि, प्रत्येक परिवारलाई निःशुल्क उपलब्ध गराउने  घोषणा गरे । 
उनले सहिदका आमा, वुवा, छोरा, छोरी र श्रीमतीलाई समेटने गरि यस अघि नै प्रदेश मन्त्रीपरिषदको पहिलो वैठकले सहिदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेको जानकारी दिदै थप राहत प्रदान गर्ने निति अनुसार उन्नत जातका गाई र भैसी  प्रदान गर्ने वताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट