News Category 2075/03/02

गर्भवती महिलाको हत्या गरि शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ असार ।
राजविराज नगरपालिका १५ मा एक जना गर्भवती महिलाको हत्या गरि फ्यालिएको अवस्थामा शव फेला परेको छ । गर्भवती महिलाको ४÷५  दिनअघि नै हत्या भएको प्रहरीको अनुमान छ । 
राजविराज नगरपालिका १५ मुसहर्नियाकी १७ वर्षीया वेचनीकुमारी साहको शव ट्वाइलेटको रिङ्गले छोपिएको अवस्थामा शुक्रबार फेला परेको प्रहरी नायव उपरिक्षक भोवेश रिमालले जानकारी दिएका छन् ।
शव कुहिएर टोलभरी दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परिक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको छ ।
यता मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर वेपत्ता भएका छन । घटना बारे थप अनुसन्धान भईसकेको प्रहरी नायव उपरिक्षक रिमालले बताए । यसैबीच पतिले नै हत्या गरेको मृतक बेचनीका माईती पक्षले आरोप लगाएका छन । 
यसअघि दुई दिन अघि मात्र राजविराज नगरपालिका ९ स्थित मलेठमा ससुराली आएका एक युवकको ससुरा र श्रीमतिले कुटपिट गरि हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट