News Category 2075/03/03

ज्यान मार्ने उद्योगमा वडा अध्यक्ष पक्राउ

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ३ का अध्यक्ष भोगानन्द महात्मान यादवलाई ज्यान मार्ने उद्योगमा प्रहरीले शुक्रबार राती पक्राउ गरेको छ । 
जिल्ला अदालत सप्तरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गर्दै २०७४ साल फागुन ११ गते यादवको नाउँमा ७० दिने म्याद पुर्जी जारि गरेको आधारमा पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । 
बि.स. २०५४ साल फागुन २ गते स्थानिय ननु ठाकुर हजामले दिएको जाहेरीको आधारमा अदालतले गरेको उक्त फैसला गरेको प्रहरी उपरिक्षक सिंहले बताए । 
अदालतले जारि गरेको आदेशमा पक्राउ पुर्जीमा म्याद गुजारे पनि अंश रोक्का गरि २ वर्ष सम्ममा पनि पक्राउ गर्न सक्ने उल्लेख छ । 
सोही आदेश बमोजिम जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरी कार्यालय कंचनपुरलाई पत्र काटेर पक्राउ गर्न आदेश दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक सिंहले बताए । 
नवनिर्वाचित वडा अध्यक्ष २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवार भई निर्वाचित भएका थिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट