News Category 2075/03/04

प्रदेश २ सरकारलाई आभार, अन्य प्रादेशिक सरकारप्रति दुःख व्यक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
मुदि मोहरम मेमोरियल ट्रष्टका अध्यक्ष हाशिम अन्सारीले प्रदेश नं. २ सरकारले ईद उल–फित्र (ईद) को सार्वजनिक विदा दिएकोमा आभार व्यक्त गर्दै अन्य प्रदेशमा विदा नदिएकोप्रति दुःख व्यक्त गरेका छन् । 
अध्यक्ष अन्सारीले आइतबार एक विज्ञप्ति जारि गर्दै प्रान्त नं.२ मा मुस्लिम जनसंख्याको आधारमा करिब १२ प्रतिशत रहेकोले प्रदेश सरकार सो अवसरमा ३ गते प्रान्तमा सार्वजनिक विदा दिएको प्रति आभार व्यक्त गर्दै हिमाल र पहाडमा बसोवास गर्ने अल्पसंंख्यक मुस्लिमहरु प्रति दुख व्यक्त गर्दै सरकाको ध्यान आकर्षण समेत गराएका छन् । 
अवकास प्राप्त मा.वि. का प्रधानाध्यापक समेत रहेका अन्सारीले नेपालका संचार मिडियाहरु यहाँ मनाईने काग र कुकुर पूजा वारे दिनभरी प्रशारण गरी रहने तर, मुस्लिम समुदायका पर्वहरु जुन राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय रुपमा पनि मनाईने प्रति लापरवाही गरेको आरोप समेत लगाएका छन् । 
उनले मुस्लिम सांसदहरु पनि संसदमा आवाज उठाउँदा सरकारले ध्यान न दिंदा सांसदहरु नैतिक्ता देखाउन राजीनामा दिनु पर्ने माँग गरेका छन् । 
शिक्षा र चेतनाको विकास हुँदा आफ्नो केहि खास पर्वका दिन विदा नहुँदा सोहि दिन बच्चाहरुको शिक्षण संस्थाहरुले परीक्षा लिने, अडड अदालतमा तारेख आदि पर्न गएको मध्ये नजर तत्कालीन राजा, सरकार र त्यस पछिको सरकारले दिदै आएको सार्वजनिक विदा ईद–उल–फित्र (ईद), ईद–उल–अजहा (बक्रईद) र अन्तिम सन्देष्टा मोहम्मद (स.) को जन्मजयन्तिको सार्वजनिक विदा हालको सरकार दिन नसकेको प्रति मुस्लिम समुदाय दुःखी भएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट