News Category 2075/03/06

कमानन्द माझीलाई पुत्रशोक, पत्रकार महासंघद्वारा दुःख व्यक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
छिन्नमस्ता साप्ताहिक पत्रिकाका प्रकाशक एवं सह–सम्पादक कमानन्द माझीलाई पुत्रशोक परेको छ । 
माझीका १७ वर्षिय छोरा गणेश कुमार माझीको गत सोमवार जेठ २७ गते असामयिक निधन भएको हो । 
विगत केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका गणेशको भारतको हरिद्वार स्थित अस्पतालमा उपचारका क्रममा अल्पायुमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । राजविराजस्थित नोबेल एकेडेमीबाट एसईई परीक्षा दिएका उनको शवलाई हरिद्वारमै सद्गती गरिएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा मंगलबार जारि विज्ञप्तिमा उक्त खबरले महासंघ परिवार स्तब्ध भएको जनाइएको छ । 
सोही विज्ञप्तिमा भनिएको छ, “छविगत एक दशकदेखि मिडिया क्षेत्रमा समेत सक्रिय रहँदै आएका कामानन्द माझीका एकमात्र छोरा गणेशको असमय अल्पायमै भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् भनी प्रार्थाना सहित दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।”
पत्रकार माझीकी पत्नी उषा देवी तथा एकमात्र १२ वर्षिया छोरी सरस्वती रहेकी छिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट