News Category 2075/03/07

सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु, ७ जना घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
सप्तरी–सुनसरी सिमानामा पर्ने सप्तकोशीमा बुधबार बिहान एक ट्रक खस्दा दुई जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । 
हेटौंडाबाट बिराटनगरतर्फ जेसिभि बोकेर जाँदै गरेको टक सप्तरी–सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजको पुलको रेलिङ भाच्दै सप्तकोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो । 
सो घटनामा परी सुनसरीको रामधुनी १ झुम्का बस्ने ४५ वर्षिय घनश्याम चौधरी र सुनसरीकै बरहा नगरपालिका १ बस्ने ४२ वर्षिय बिनोद बराइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले गोताखोर टोलीको मद्दतबाट मृतकको शव र घाइतेहरुलाई उद्दार गरेको थियो । प्रहरीका अनुसार ना४ख ३५६ नम्बरको सो ट्रक ओभरलोड र तिब्र तिगका कारण अनियन्त्रित भई कोशी ब्यारेजको दक्षिणतर्फको रेलिङ भाच्दै नदीमा खसेको थियो । 
दुर्घटनामा घाइते भएका मोरङका शुक्रराज लामा, कृष्णा चौधरी, राजकुमार मण्डल, झापाका सन्तोष अधिकारी, उदयपुरका हरि मगर, सुनसरीको मणिराज विकको उद्दार गरि उपचारका लागि बिराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट