News Category 2075/03/08

संघीय प्रहरी कार्यालय “विपद् व्यवस्थापन कार्यदल” को कार्यालयमा परिणत हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
राजविराजस्थित संघीय प्रहरी इकाई कार्यालय अब बिरगन्जमा सार्ने प्रस्ताव गरिएको छ ।   संघीय प्रहरी इकाई कार्यालयलाई बिरगन्जमा सार्ने प्रस्ताव गरिएसँगै अब यस कार्यालय भवनलाई प्रदेश २ को “विपद व्यवस्थापन कार्यदल” को मुख्य कार्यालयको रुपमा रहने गरि प्रस्ताव अघि सारिएको छ । 
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी दिनेश अमात्यले प्रस्तावित यस कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम प्राप्त प्रहरीहरु रहने जानकारी दिएका छन् । ती प्रहरीले बाढी, पहिरो, आगलागि लगायतका विभिन्न विपद् आएको बेला प्रदेश २ प्रहरीको मातहतमा रहने गरि विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए । 
प्रदेश २ प्रहरीको मातहतमै प्रहरी निरिक्षकको नेतृत्वमा कम्तिमा १ सय २५ जना विपद व्यवस्थापन सम्बन्धी तालिम प्राप्त प्रहरी रहने प्रस्ताव अघि सारिएको उनले जानकारी दिए । राजविराजमा प्रस्तावित विपद व्यवस्थापन कार्यदल प्रदेश २ को मुख्यालयको रुपमा स्थापना गरिने समेत डिआइजी अमात्यले बताए । 
मुलुक संघीय संरचनामा जानु अघि यस कार्यालय ६ जिल्लाको हेडक्वाटर हुने गरेको थियो । सगरमाथा अंचल प्रहरी कार्यालयको नामबाट संचालित यस कार्यालयले सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु प्रहरी कार्यालयलाई  हेर्न ग¥थ्यो । मुलुक संघीयतामा गएसँगै कार्यालयको नाम संघीय प्रहरी इकाई कार्यालय राखिएको हो । 
बि.सं. २०६१ साल अघि तत्कालिन अंचल प्रहरी कार्यालयबाटै यातायात कार्यालयको सहकार्यमा सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको थियो । यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दिने व्यवस्था २०६१ सालपछि यातायात कार्यालय लहानको मातहातलाई दिइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट