News Category 2075/03/08

६ महिनाको अवधीमा २१ बलात्कारका घटना

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ असार । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ६ महिनाको अवधीमा २१ वटा बलात्कारको घटनामा दुई, तीन वर्षीया समेत गरी २२ बालिका पीडित भएको जनाएको छ । 
इन्सेक सप्तरीले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को अद्र्धवार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रमका क्रममा सो तथ्याङ्क प्रस्तुत गरेको हो । 
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले २०७४ पुष १७ गतेदेखि ०७५ असार ७ गतेसम्म ६ महिनाको अवधीमा घटनाका आरोपितमा १२ र १३ वर्षका समेत गरी पाँच बालकदेखि ६५ वर्षीय बृद्धसमेत २८ जना रहेको बताए । तीमध्ये ११ जना थुनामा र चार जनालाई वारेण्ट जारी भएको र एक बालकसहित तीन जना गिरफ्तारीमा परेका तथा ६ जना फरार रहेको जानकारी दिए ।
त्यस्तै एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुना रहेको, एक महिलाको लाश फेला परेपनि आरोपित फेला नपरेको, आफ्नै परिवारका सदस्यद्वारा दुई पुरुषको हत्या भएको र सोही हत्याका आरोपित एक जना थुनामा रहेको अर्का घटनाका दुई आरोपित गिरफ्तार भएको जनाइएको छ । 
त्यस्तै महिला बलात्कारको तीन घटनामा १९, २५ र ३५ वर्षीया तीन जना र यौन दुव्र्यवहारका तीन घटनामा १९, २० र २७ वर्षीया तीन जना महिला पीडित भएको जनाइएको छ । बलात्कार आरोपित १७, ३०, ३५ र ४३ वर्षीय चार जना थुनामा रहेको तथा यौन दुव्र्यवहारका ३ घटनाका पाँच आरोपितमध्ये एक धरौटीमा र चार जना फरार रहेका जनाइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट