News Category 2075/03/11

ट्याक्टरमा मोटसाइकल ठोकिदा प्रिन्सिपलको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० असार । 
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका २ सितापुरस्थित राजमार्गमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिदा प्रिन्सिपलको मृत्यु भएको छ । 
रोकिराखेको स.१त. ४४९३ न.को ट्रयाक्टरमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको अनटेष्ट मोटरसाइल ठोकिदा सोही गाउँपालिका ६ निवासी मोटरसाइकल चालक गुणराज कटेलको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक आदर्श मावि महुलीका प्रिन्सिपल रहेको स्थानियहरुले बताएका छन् । 
त्यस्तै सोही घटनामा मोटरसाइकल पछाडी सवार माविका संचालक लालबहादुर तामाङ गम्भिर घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको छ । घाइते तामाङको कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारपश्चात थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट