News Category 2075/03/13

कानुन व्यवसायीद्वारा इजलास बहिस्कार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
मुद्दा फैसलामा अनियमितता र आर्थिक चलखेलका कारण फैसलामा प्रभावित हुन थालेको भन्दै मंगलबारदेखी कानुन व्यवसायीहरुले मंगलबारदेखि उच्च अदालत जनकपुर राजविराजको इजलास अनिश्चितकालका लागि बहिस्कार गरेका छन् ।
उच्च अदालत बार इकाइका अध्यक्ष विजय यादवले सोमबार बसेको बैठकले इजलास बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि पनि इजलास बहिस्कार गरिएको उनले बताए ।
यसअघि न्याय परिषदको गत जेठ २० गतेको निर्णय अनुसार परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट