News Category 2075/03/14

प्रदेश २ सरकारले स्थानिय तहका पदाधिकारी तथा सदस्यको तलब तोक्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १३ असार । 
— जिसस प्रमुखको ४४ हजार
— महानगरपालिका प्रमुखको ४३ हजार ५ सय
— उपमहानगरपालिका प्रमुखको ४१ हजार
— नगरपालिका प्रमुखको ३५ हजार
— गापा अध्यक्षको ३१ हजार ५ सय
प्रदेश २ को सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे बनेको विधेयक प्रदेशसभाको बैठकले पारित गरेको छ ।
बुधबार बसेको प्रदेशसभाको बैठकले प्रदेश नं २ को स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो ।
स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरुको तलब तथा अन्य सुविधाहरु प्रदेश २ को सरकारले तोकेको छ ।
प्रदेश २ सरकारले महानगरपालिकाका प्रमुखको ४३ हजार ५ सय, उपप्रमुखको ४१ हजार ५ सय, वडा अध्यक्षको २८ हजार, कार्यपालिका सदस्यको २८ हजार र सभा सदस्यको ७ हजार तलब प्रति महिना तोकेको छ । यस्तै संचार सुविधा भने प्रमुख र उपप्रमुखको २ हजार प्रति महिना तोकेको छ । दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा पाँचै पदाधिकारीको २ हजारको दरले तथा विदेश भ्रमण गर्दाको दैनिक भत्ता प्रमुखको २ सय, उपप्रमुखको १ सय ७५, वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा सभा सदस्यको १ सय ५० को दरले अमेरिकी डलर प्रति दिन तोकेको छ भने यात्रा बिमा प्रति भ्रमण रु. १० लाखको दरले तोकिएको छ । 
त्यसैगरि प्रदेश सरकारले जिल्ला समन्वय समितिको प्रमुखको ४४ हजार, उपप्रमुखको ४२ हजार र जिल्ला समन्वय समितिका सदस्यहरुको १० हजार प्रति महिना तोकेको छ । त्यस्तै संचार सुविधा प्रमुख २ हजार, उपप्रमुख १ हजार ५ सय, सदस्यको  एक हजारको दरले प्रति महिना तोकेको छ । त्यस्तै दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा तीनै पदाधिकारीका लागि २ हजारको दरले तोकिएको छ । यसैगरि विदेश भ्रमणका क्रममा दैनिक भत्ता प्रमुख २ सय, उपप्रमुख १ सय ७५ र सदस्य १ सय ५० अमेरिकी डलर तोकिएको छ भने यात्रा बिमा प्रति भ्रमण १० लाखको दरले तोकिएको छ । 
यसैगरि नगरपालिका प्रमुखको ३५ हजार, उपप्रमुखको ३१ हजार, वडा अध्यक्षको २२ हजार र सभाका सदस्यको ७ हजार प्रति महिना तलब तोकिएको छ । त्यस्तै संचार सु्विधा भने प्रति महिना १ हजार ५ सयको दरले प्रमुख र उपप्रमुखका लागि मात्र तोकिएको छ । त्यस्तै १ हजार ६ सयका दरले दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा चारै पदाधिकारीहरुका लागि तोकिएको छ । त्यस्तै विदेश भ्रमण दैनिक भत्ता चारै पदाधिकारीका लागि १ सय ५० अमेरिकी डलर तोकिएको छ भने यात्रा बिमा १० लाख तोकिएको छ ।  
यस्तै उपमहानगरपालिका प्रमुखको ४१ हजार, उपप्रमुखको ३५ हजार, वडा अध्यक्षको र कार्यपालिका सदस्यका लागि २५ हजार तथा सभा सदस्यका लागि ७ हजार मासिक तलब तोकेको छ भने प्रमुख र उपप्रमुखलाई संचार सुविधा वापत प्रति महिना २ हजार उपलब्ध गराइने छ । त्यस्तै जिल्ला बाहिर जाँदा दैनिक भ्रमण भत्ता २ हजारको दरले पाँचै पदाधिकारीका लागि तोकिएको छ । विदेश भ्रमण भत्ता प्रमुख र उपप्रमुख  १ सय ७५, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्यका लागि १ सय ५० प्रति दिन अमेरिकी डलर तोकिएको छ भने सबै पदाधिकारीका लागि १० लाख यात्रा बिमा तोकिएको छ । 
यता गाउँपालिका अध्यक्षका लागि ३१ हजार ५ सय, उपाध्यक्षका लागि २७ हजार ५ सय, वडा अध्यक्ष र कार्यपालिका सदस्यका लागि २० हजार तथा सभा सदस्यका लागि ७ हजार मासिक तलब तोकिएको छ भने अध्यक्ष र उपाध्यक्षको संचार सुविधा १ हजार मासिक तोकिएको छ । दैनिक भ्रमण भत्ता जिल्ला बाहिर जाँदा पाँचै पदाधिकारीहरुका लागि १ हजार ६ सयका दरले तोकिएको छ । त्यस्तै विदेश भ्रमण गर्दाको दैनिक भत्ता १ सय ५० अमेरिकी डलर सबै पदाधिकारीहरुलाई तोकिएको छ भने यात्रा बिमा १० लाखका दरले प्रत्येकलाई तोकिएको छ ।   

प्रतिकृया दिनुहोस

ताजा अपडेट