News Category 2075/03/21

जग्गा धनीको किर्ते कागज बनाएर जग्गा विक्रि गर्ने पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असार । 
मालपोत कार्यालय सप्तरीवाट जग्गाधनीलाई थाहै नदिई किर्ते गरी नम्वरी जग्गा विक्रि गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि वुधवार सार्वजनिक गरेको छ ।
राजविराज नगरपालिका ११ फर्सैठ वस्ने ७४ वर्षिय वृद्ध फुदन साहलाई प्रहरीले सार्वजनिक गरेका हुन् । उनलाई प्रहरीले सोमवार पक्राउ गरी अनुसन्धान पछि वुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
राजविराज नगरपालिका ६ घर भई काम विशेषले अमेरिका गएका समयमा उषा अर्यालको स्वामित्वमा रहेको ३ कठ्ठा ९ धुर जग्गा साहले २०७४ साल पुष ९ गते किर्ते कागजात तयार गरी आप्mनो नाममा पास गराएका थिए । त्यसको एक सातापछि साहले सोहि जग्गा स्थानीय २ महिलालाई विक्रि गरेका थिए । 
पत्रकार सम्मेलनमा डिएसपी भावेश रिमालले ती महिलाहरु उपर पनि अनुसन्धान सुरु गरिएकोले तत्काल नाम ठेगाना खोल्न नमिल्ने वताए । साहले किर्ते गरी आफनो नाममा ल्याएको अर्यालको कित्ता नं. ३५२ को २ कठ्ठा ९ धुर जग्गा २ जना महिलालाई विक्रि गरिसकेको अनुसन्धानको क्रममा खुलेको छ ।
डिएसपी रिमालले मालपोत कार्यालकयका कर्मचारीको समेत मिलेमतो बारे अनुसन्धान भईरहेको बताएका छन् ।
यता अमेरीकावाट फर्केपछि जग्गाका मुलधनी अर्यालले १३ कठ्ठा ९ धुर जग्गा छरछिमेकीवाट वुझ्दा आफनो जग्गा आफुलाई थाहै नदिईकन वेचिई सकेको जानकारी पाएकी थिईन् ।
अर्यालले तत्कालै मालपोत कार्यालय गएर वुभ्mदा उक्त जग्गा फर्सैठका साह र त्यसपछि २ जना महिलाको नाममा दर्ता भईसकेको थाहा पाएका थिए । त्यसपछि उनी प्रहरीको शरणमा पुगेकी थिईन् । 
यता मालपोतकै कर्मचारीको मिलेमतोमा आफनो नामको जग्गाको किर्ते कागजात वनाई विक्रि भएको भन्दै तिनीहरुलाई पनि कानुनी दायरामा ल्याउन पुर्ने उनले माग गरेकी छिन् । 
पक्राउ परेका साहलाई सरकारी कागज किर्ते शिर्षकमा सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रकृया अघि वढाईएको डिएसपी रिमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट