News Category 2075/03/23

जन्मथलोको सेवा गर्न चिकित्सकहरुलाई उपप्रम एवं स्वास्थ्य मन्त्री यादवको आह्वान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २२, असार । 
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री यादव अधिकाँश चिकित्सक सप्तरी आउन नचाहेको बताउँदै सप्तरीमै जन्मे हुर्केका चिकित्सकहरुलाई आफ्नो जन्मथलोको सेवा गर्न सप्तरीमा आउन आह्वान गरेका छन् । 
उपप्रधान  तथा  स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक शुक्रबार राजविराज आईपुगेका मन्त्री यादवले गजेन्द्र नारायण सिह सगरमाथा अंचल अस्पतालको अवलोकनपछि सो आह्वान गर्दै केहि दिन भित्रै अस्पतालको स्तरोन्नती र आधुनिकीकरणको काम सुरु हुने जानकारी दिए । 
मन्त्री यादवले सप्तरी आउन नचाहने चिकित्सकहरुलाई सरकारी सेवाबाट राजीनामा दिएर प्राईभेट क्लिनिक संचालन गरेर वस्न सुझाव समेत दिए । अस्पतालमा जनशक्ती र विशेषज्ञ चिकित्सकको अभाव पुरा गर्न आवश्यक निर्णय भईसकेको र कार्यान्वयन तर्पm उन्मुख रहेको जानकारी दिदै सप्तरी जिल्ला घरभई अन्यत्र जिल्लामा काम गरिरहेका डाक्टरहरुको सुचि तयार गर्ने काम सुरु भइसकेको र छिट्टै नै आवश्यक पर्ने जनशक्ति सोही सुचिबाट छनौट गरी ल्याउने उनको भनाई छ । 
यस्तै गजेन्द्र नारायण सिह सगरमाथा अंचल अस्पतालको स्तरोन्नतीका लागी झण्डै ७६ करोड रुपैया बजेट छुट्याईसकेको मन्त्री यादवले जानकारी दिए । उनले अस्पताल गलत प्रवृतीका कारण पछाडी परेको भन्दै हाल अस्पताल सुधारतर्फ उन्मूख भइरहेको र अभाव देखिएको जनशक्ति केही दिनभित्रै परिपूर्ति हुने बताए । 
सोही अवसरमा उनले अस्पताललाई एक थान एम्बुलेन्स, विभिन्न रोगका विषेशज्ञ, उपकरण लगायतका साधन श्रोतको व्यवस्था निकट भविष्यमै उपलब्ध गराउने घोषणा गरे । 
उनी संगै आएका प्रदेश नं. २ का भुमि व्यवस्था एवं कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गजेन्द्र नारायण सिह सगरमाथा अंचल अस्पताललाई स्वास्थ्य अध्ययन विज्ञान प्रतिष्ठानको रुपमा समेत विकास गर्न प्रदेश सरकारले बजेटको नीति तथा कार्यक्रममा समावेश गरी सकेको जानकारी गराउँदै अस्पताल सुधारका लागी प्रदेश सरकारले पनि साधन, श्रोत र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए । 
अस्पतालका मेडिकल सुपरिटेन्डट डा. चुमनलाल दासले अस्पतालको वर्तमान अवस्था, समस्या र चुनौती बारे मन्त्री यादवलाई सविस्तार जानकारी गराउँदै सुधारका लागी गर्नु पर्ने पहलहरु बारे सुझाव सहितको प्रतिवेदन बुझाएका थिए । यस्तै राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले स्थानीय, प्रदेश र केन्द्र तीन वटै सरकार मिलेर ऐतिहासिक अस्पताललाई संरक्षण र सुधार गर्नु पर्ने बताए । 
यस अघि मन्त्री यादवले जिल्लाको तिलाठीकोईलाडी गाउँपालिकाको तोपामा केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवी काठमाण्डौंद्वारा आयोजना गरीएको ३ दिने निशुल्क स्वास्थ्य शिवीरको उद्घाटन गरेका थिए । यसैबीच उनले बाढीको जोखीममा रहेका बस्ती र तटबन्धहरुको निरिक्षण गरि आवश्यक जानकारी लिनुका साथै सम्भावित घटना रोक्न स्थानीय प्रशासनलाई निर्देश समेत दिएका छन् । 
यस्तै शुक्रबारै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले संघीय शिक्षक फोरम सप्तरीको प्रथम जिल्ला अधिवेशन समेतको उद्घाटन गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट